
काठमाडौं, २ चैत। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले बैंक मर्जरका समयमा २ सय करोड घोटाला भएको आशंकामा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा शुक्रबार छापा मारेको छ ।
सीआइबी प्रमुख डिआइजी पुष्कर कार्कीले छापा मारेको विषयलाई पुष्टि गरेका छन् । प्रहरीले घटनाबारेका पूरा विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड सदस्यसहित ३० जना भन्दा बढीलाई पक्राउ गरिएको हो ।















प्रतिक्रिया