४ कार्तिक २०८३, बुधबार

रजनीकान्तसँग फोटो खिचाउँदा कुकुरको भाउ बढ्यो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । निर्देशक पीए रञ्जीतको चलचित्र ‘काला’ २७ अप्रिलका दिन रिलिज हुँदैछ । यो चलचित्रको टिजर केही दिनअघि आएको थियो ।

चलचित्रको पोस्टर पनि सार्वजनिक गरिएको छ । जसमा सपुरस्टार रजनीकान्तसँग एउटा कुकुर देखाइएको छ ।

अहिले सो कुकुरलाई किन्नका लागि रजनीकान्तका फ्यानहरूको ताँती लागेको छ । कुकुरका लागि उनीहरू भारतीय रुपियाँ ४ करोडसम्म तिर्न तयार देखिएका छन् ।

कुकुरका प्रशिक्षक साइमनका अनुसार जब मलेसियामा रहेका रजनीकान्तका फ्यानहरूले ‘काला’ को पोष्टरमा रजनीकान्तको छेउमा ‘मणि’ नाम गरेको कुकुरको देखे, उनीहरू उसलाई किन्नका लागि करोडौँ रुपैयाँ तिर्न हानथाप गरिरहेका छन् ।

साइमन भन्छन्, ‘केही मानिसहरू यस कुकुरका लागि दुई करोडदेखि चार करोड रुपैयाँसम्मको अफर गरिरहेका छन् ।’

‘मणि’लाई आफ्नो बच्चा जसरी पालेको हुँदा ती अफरहरू अस्वीकार गरेको उनले बताए । ‘कसैले आफ्नो छोराछोरीको लिलामी गर्छ र ?’, उनी भन्छन् । – एजेन्सी