७ कार्तिक २०८३, शनिबार

संवाद समितिमा होइन अब दगलफसल संविधानसभामै हुन्छः रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal-548x400
काठमाडौं, २९ मंसिर । एमालेका उपाध्यक्ष तथा सभासद् भीम रावलले नियमति ढंगले काम हुन नसकेको बताएका छन् ।

‘तोकिएको कार्यतालिकामा कामअघि बढेको भए यतिवेला हामी संविधानको विधेयकको छलफलमा हुन्थ्यौं’, रावलले भने, ‘तर संवाद समितिमा नै एक महिनाभन्दा बढी छलफल नै नगरी रोकीदिँदा आज संविधानका विषयबस्तुकै छलफलमा अल्झिनुपरेको छ ।’

संविधानसभाको आजको बैठकमा छलफलमा सहभागी हुँदै उनले अघिल्लो संविधानसभामा भीष्म प्रतीज्ञा गर्नेदेखि अनेकौ अभिव्यक्ति आए पनि काममा त्यसो हुन नसकेको बताए । ‘हामीले देशलाई स्थायित्व दिनेसहित अग्रगमनको प्रस्तावअघि सायौं’, उनले भने, ‘तर कतिपयले मोर्चा गठन गरेर आन्दोलनको धम्की पनि दिए, त्यसले कस्तो सन्देश दिएको छ भन्ने उहाँहरुले मूल्यांकन गर्नु होस् ।’

‘सहमति लोकतन्त्रका लागि उत्कृष्ट बाटो हो’, उनले थपे, ‘त्यसका लागि नेताहरुबाट काम पनि भएका छन् तर सहमति हुँदैन भन्ने जान्दाजान्दै पनि पुनः संवाद समितिमा विषय फर्काउने हो भने त्यो लोकतन्त्रका लागि घातक हुन सक्छ ।’ रावलले यसो भनेर संविधानका विवादित विषय संविधानसभाभित्रै टुंगो लगाउनुपर्ने बताए ।

‘संवाद समितिको प्रतिवेदन आएको छ’, उनले भने, ‘अब संवाद समितिका सभापतिले भनेझै सार्वभौम संविधानसभाले यहीबाट कार्यतालिकालाई संक्षेपीकरण गर्दै तोकिएको समयभित्र संविधान दिन सक्नुपर्छ ।’