विराटनगर । शान्ति लामा पाख्रिन, मोरङ जिल्लामा परिचित नाम हो । राजनीतिक होस् वा सामाजिक तरिकाले उनको नाम अग्रपंक्तिमै आउँछ ।
लेटाङ नगरपालिकाकी स्थायी बासिन्दा उनी लेटाङ लायन्सको संस्थापक अध्यक्ष हुन् । लेटाङ जेसीजको अध्यक्षलगायत दर्जन बढी संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन् ।
लेटाङ क्षेत्रमा उनी आबद्ध नभएको संस्था कमैमात्र होलान् । मिलनसार स्वभावकी उनी स्पष्ट र प्रभावशाली महिलाको रुपमा पनि लिने गरिएको छ ।
एमालेकी महिला नेतृका रुपमा परिचित उनी पार्टीको विभिन्न पदमा रही काम गरिसकेकी छिन् । राजनीतिक र सामाजिक गतिबिधिमा मात्र होइन खेल जगतमा पनि उनी अग्रपंक्तिमै आउँछिन् । उनी पूर्वाञ्चल खेलकुद समितिकी सदस्य हुन् ।
पूर्वाञ्चलको खेलकुद क्षेत्रको विकासमा पनि उनको लगाब देखिन्छ । उनको यतिकैमा परिचय भने सकिँदैन । उनी बहुप्रतिभाकी धनी नै मान्दा पनि हुन्छ । उनलाई पत्रकारिताको पनि राम्रो अनुभव छ । उनले पूर्वको ब्लाष्ट टाइम्सलगायतमा काम गरिसकेकी छन् भने आरजे र भिजेको अनुभव पनि छ ।
उनी विवाह हुनु पूर्व एक मोडल पनि हुन् । उनी मोडलिङमा पनि उत्तिकै रुचि राख्थिन् । ‘को बन्छ कलाकार’ को टप १० सम्म पुगेकी उनले कलाकार विक्रमश्रीसँग प्रशिक्षणसमेत लिएकी छन् । उनी एक शिक्षिका पनि हुन् ।
यतिधेरै प्रतिभा र क्षमता भएकी लामा यतिबेला ‘मिसेज नेपाल ग्लाम’को प्रतिष्पर्धामा छिन् । उनी यो उपाधि जित्दै आफूलाई अब्बल महिलाको रुपमा प्रस्तुत गर्न चाहन्छिन् । समाजको जनचासोका बिषयमा वकालत गर्दै सामाजिक गतिबिधिमा सक्रिय हुनु उनको दैनिक थियो । तर, अहिले उनी यतिबेला फरक अनुभूति गरिरहेकी छिन् ।
चैत २० गते काठमाडौंमा हुने उक्त प्रतियोगिताको उपाधि जित्नका लागि उनलाई यतिबेला भोटको आवश्यक परेको छ । ३८ जना महिलामध्ये भोटको आधारमा टप १० छनौट गरिने भएकाले उनलाई धेरै भोटको खाँचो छ ।















प्रतिक्रिया