७ कार्तिक २०८३, शनिबार

लडेर एकको मृत्यु, आगलागीबाट लाखौँको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_districtजाजरकोट, २९ मंसिर । जाजरकोटको सीमा गाविस वडा नं ८ मा एकजनाको लडेर मृत्यु भएको छ ।

सुर्खेतको घोडेटा गाविस वडा नं ६ का ५९ वर्षका भीमबहादुर डाँगीको लडेर मृत्यु भएको हो ।

उहाँ भिरबाट लडेर करिब २०० मिटर तल पुगेर मृत्यु भएको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको कोताग गाविस वडा नं ६ स्थित मीनबहादुर रोकायको घरमा आगलागी हुँदा लाखौँको क्षति हुनुका साथै घरमुली नै घाइते हुनुभएको छ ।

घरमुली मीनबहादुर आगो निभाउने क्रममा घाइते हुनुभएको हो । आगलागी्बाट घर पूर्णरुपमा जलेको छ भने घरभित्र रहेका सबै सामान जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

घरभित्र बाँधिएका गाईभैँसी, लत्ताकपडा, खाद्यान्नलगायतका वस्तुहरु जलेका छन् ।

प्रहरीका अनुसार घरभित्र रहेका सबै वस्तुको मूल्य करिब पाँच लाख बराबरको भएको र घरसहित १० लाखभन्दा बढीको क्षति भएको छ ।