
काठमाडौं, १ चैत । चलचित्र चौका दाउ निर्माण हुने भएको छ । बिहिबार राजधानीमा एक समारोहबीच यो चलचित्रको निर्माण घोषणा गरिएको हो । अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको कथा र संगीत रहेको यो चलचित्रलाई उनकै छोरा सौर्यजीव बासकोटाले निर्माण गर्न लागेका हुन् ।
बरिष्ठ संगीतकार बासकोटाको जन्मदिनको अबसर पारेर बिहिबार यो चलचित्रको निर्माण घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै बासकोटाले यो मनोरञ्जन प्रधान समाजिक चलचित्र हुने जानकारी सो कार्यक्रममा गराए । बैशाखबाट छायाँकन सुरु गरिने यो चलचित्रलाई आगामी तिहारमा रिलिज गरिने उनले बताए । यस अघि आठ ओटा चलचित्रमा कथा लेखिसकेका बासकोटाले चौका दाउ आफ्नो कथामा मा निर्माण हुन लागेको नवौं फिल्म भएको बताए ।
चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गर्दैछन् । चौका दाउका कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह चयन भईसकेको कार्यक्रममा घोषणा गरियो । यस्तै निर्मल शर्मा, रमेशरञ्जन झा, पुष्करबहादुर गुरुङ पनि बिशेष भूमिकामा रहेको जानकारी छ । यसका नायक र नायिको चयन भने चयन गर्न बाँकी छ ।















प्रतिक्रिया