३ कार्तिक २०८३, मंगलबार

प्रहरीका पूर्वएआइजी भन्छन्-पराजुलीलाई जेल हाल्नुपर्छ

43.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) राजेन्द्रसिंह भण्डारीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका गोपाल पराजुलीलाई जेल हाल्नुपर्ने सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार प्रतिक्रिया दिदै उनले पराजुलीलाई न्यायालयको कालो धब्बाको रुपमा सम्झिइनेछ भनेका छन् । तर, उनीविरुद्ध लागेका आरोपहरु रद्द गरिन नहुने बताउँदै भण्डारीले भनेका छन्, ‘उनको दोष प्रमाणित गर्नको लागि पर्याप्त र स्पष्ट प्रमाणहरु छन् ।’

जनताले उनलाई (पराजुलीलाई) जेलमा देख्न चाहेको भण्डारीको प्रतिक्रिया छ । भण्डारी कान्तिपुर पब्लिकेशनका प्रबन्ध निर्देशक कैलाश सिरोहियाका साढु दाई (निर्देशक स्वस्तिका सिरोहियाका भिनाजु) हुन् ।

सर्वाेच्चमा कान्तिपुरविरुद्ध परेको अवहेलना मुद्धा पराजुली आफैले सुनुवाई गरिरहेका थिए । न्यायाधीश चोलेन्द्र शमशेर जवराले बेञ्च वहिष्कार गरेपछि मुद्धाको पेशी अनिश्चितकालका लागि स्थगित भएको थियो ।

जन्ममिति लगायतका विवादमा तानिएका पराजुलीलाई बुधबार न्यायपरिषद्को सचिवस्तरीय निर्णयबाट पदमुक्त गरिएको थियो । उनले बिहीबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका छन् ।