काठमाडौँ, १ चैत । जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत बिहीबार नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ । नेपालले पीएनजीलाई ६ विकेटले पराजित गरेको हो ।
पीएनजीले दिएको ११५ रनको विजय लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रन बनाए । त्यस्तै आरिफ शेखले २६ तथा कप्तान पारस खड्काले २० रन जोडे । पीएनजीका नोर्मन भनुवाले २ तथा जोन रेभा र एली नाओले एक एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको पीएनजीले २७ दशमलव २ ओभरमा अलआउट हुँदै ११४ रन बनायो । नेपाली बलरका अगाडी पीएनजीका ब्याट्सम्यान टिक्न सकेनन् । पीनजीका लागि चार्ल्स अमिनीले १९, जेसन किलाले १५, टोनी उराले ११ रन बनाए ।
पीएनजीलाई ११४ रनमा समेट्न नेपालका सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ४/४ तथा करन केसी र सोमपाल कामीले समान १ विकेट लिए ।















प्रतिक्रिया