७ कार्तिक २०८३, शनिबार

संविधान जारी भएपछि प्रधानमन्त्र र राष्ट्रपतिको निर्वाचन : मन्त्री रिजाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

minendra-rijalविराटनगर, २९ मंसिर । सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले प्रधानमन्त्री सुशील कोइरालाको प्रतिबद्धताअनुसार आगामी माघ ८ गते पूर्ण संविधान जारी हुने दोहराएका छन् ।

नेपाल प्रेस युनियन मोरङले आज बिहान विराटनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा रिजालले त्यसका लागि दलहरूसँग दुई पक्षीय एवम् बहुपक्षीय वार्ता र सहमतिको प्रयास भइरहेको जानकारी दिए ।

दोस्रो संविधानसभामा जनताले दिएको दुई तिहाइ मतलाई आधार बनाएर विभिन्न दलसँग सहमति कायम गर्ने बताउँदै मन्त्री रिजालले जनताको मतका आधारमा संविधानसभाले संविधान निर्माण गर्ने बताए ।

उनले आगामी संविधानमा सबै दलको स्वामित्व होस् भन्ने चाहनाअनुसार सरकार संविधानसभाभित्र र बाहिर रहेका दलसँग वार्ता एवम् सहमति कायम गर्न अन्तिम अवस्थासम्म प्रयत्नशील रहने बताए ।

रिजालले जनताको समर्थन चाहने संविधानसभा बहिष्कार गर्ने राजनीतिक दलले संविधान निर्माणमा सहयोग गर्नुपर्ने बताए ।

उनले सङ्घीय लोकतन्त्र गणतन्त्र पक्षधर एमाओवादी, मधेसी मोर्चा सरकारमा सहभागी भए संविधान जारी गर्न सहज एवम् उनीहरूको स्वामित्व पनि हुने बताए ।

‘माघ ८ गते संविधान जारीपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन हुन्छ,’ उनले भने ।

कांग्रेसको उच्च निकाय, निर्वाचन घोषणापत्रअनुसार आगामी संविधानमा धर्मनिरपेक्षता हुने उनले दाबी गरे ।