काठमाडौँ, १ चैत । जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत बिहीबार नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दैछ । पीएनजीले नेपालसामु ११५ रनको विजय लक्ष्य पेश गरेको छ ।
टस हारेर ब्याटिङ निम्तो पाएको पीएनजीले २७ दशमलव २ ओभरमा अलआउट हुँदै ११४ रन बनायो । नेपाली बलरका अगाडी पीएनजीका ब्याट्सम्यान टिक्न सकेनन् । पीनजीका लागि चार्ल्स अमिनीले १९, जेसन किलाले १५, टोनी उराले ११ रन बनाए ।
नेपालका सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ४/४ तथा करन केसी र सोमपाल कामीले समान १ विकेट लिए ।















प्रतिक्रिया