
काठमाडौं, १ चैत । क्रिकेटर शरद भेष्वाकरसँग यहि वर्षको सुरुआतमा लगनगाँठो गाँसेकी अभिनेत्री निशा अधिकारी आमा बन्नै लागेकी छन् । एउटा स्वस्थ्य बच्चाको जन्म दिने तयारीमा रहेकी निशाले समय–समयमा सामाजिक सञ्जालमार्फत आफूबारे जानकारी गराउँदै आएकी छन् ।
पछिल्लो पटक उनले गर्भवती महिलाले गर्ने योगाशनका सन्दर्भको तस्बिर र सन्देश पोष्ट गरेकी छन् । उनले ‘हिप ओपनिङ’ आशन गरिरहेको तस्विर पोष्ट गर्दै लेखेकी छन्, ‘यो आशन गर्भवती भएका बेला निक्कै फाइदा जनक हुन्छ । यसले बच्चा जन्माउनका लागि राम्रो भन्दा राम्रो अवस्था बनाउँछ ।’
२९ औं हप्ता ६ दिनको गर्भ रहेको पनि उनले जानकारी दिएकी छिन् ।















प्रतिक्रिया