पर्सा, २९ मंसिर । पर्साको सुगौली विर्तामा प्रहरी र लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको छ ।
अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्ज र लागुऔषध कारोबारीबीच आज बिहान गोली हानाहान भएको हो । नेपालबाट भारततर्फ लैजान लागिएको लागुऔषध प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरीबीच दोहोरो गोली हानाहान भएको हो ।
नेपालबाट भारततर्फ लागुऔषध लैजान लागिएको पूर्वसूचनाका आधारमा प्रहरीले कारबाही गर्न खोज्दा प्रहरीलाई लक्षित गरी तस्करका तर्फबाट २५ राउन्ड गोली चलाइएको जवाफमा सानो तथा ठूलो हतियारबाट नौ राउन्ड गोली चलाई स्थिति नियन्त्रणमा लिएको अञ्चल प्रहरी कार्यालय नारायणीका प्रहरी नायब निरीक्षक अरुण कुश्वाहाले जानकारी दिनुभयो । भएको दोहोरो गोलीबारीमा दुवैतर्फ कुनै मानवीय क्षति नभएको प्रनानी कुश्वाहाले बताउनुभयो ।
प्रहरीले गरेको प्रतिकारबाट तस्करले ठूलो परिमाणमा चरेस घटनास्थलमा नै छाडी भागेको छ । बरामद गरिएका लागुऔषधको तौल हाल यकिन गर्न नसकिए पनि ४०० किलोभन्दा बढी रहेको प्रहरीको अनुमान छ ।
















प्रतिक्रिया