३ कार्तिक २०८३, मंगलबार

बाबुरामले प्रचण्डलाई दिए कडा जवाफ

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टाराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भनाईको प्रतिवाद गरेका छन् ।

बिहीबार विहान पार्टी प्रवेश कार्यक्रममा ‘गल्ती सच्याएर पार्टीमा नफर्किए बाबुरामले स्वर्गमा पनि बास पाउँदैनन्’ भन्ने भनाईको भट्टराईले ट्वीटरमार्फत खण्डन गरेका हुन् । स्कूलमा पढेको कथाको प्रसंग सुनाउँदै उनले पूरै माओवादी शक्तिलाई एमालेमा समाहित गर्न लागेको प्रचण्डलाई ओरोप लगाएका छन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘प्रचण्डजीका कुरा सुन्दा स्कूलमा पढेको Pied Piper of Hamelin कविताको सम्झना हुन्छ । मिठो मुरलीवादकले सहरका सबै मुसाहरूलाई आफ्नो धुनको पछि लगाएर समुद्रमा होमे झैँ प्रचण्ड अनेक कुतर्क गरेर आफ्नो कुर्सीका निम्ति पूरै माओवादी शक्ति एमाले समुद्रमा होम्दै हुनुहुन्छ ।अबका ‘मुसा’ लाटा छैनन् है !’