३० आश्विन २०८३, शुक्रबार

आइएससँग विवाह गर्ने चारजना महिलालाई मृत्युदण्डको सजाय

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बग्दाद, १ चैत । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिएका छन् । इराकको सर्वोच्च न्यायलयका ती प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ ।

आइएस लडाकूहरूसँग बिहे गरेर आक्रमण र हिंसाका लागि आवश्यक युद्धसामाग्री पनि उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको आरोप सो अदालतको छ । यस अभियोग ती महिलाले स्वीकार गरेका छन् । मृत्युदण्डको सजाय सुनाइएका ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीलाई कालो पोशाकमा केही दिनमात्र अघि बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएइको थियो ।

इराकको मोसुल सहरबाट आइएस लडाकूलाई लखेटेपछि इराकी सुरक्षाफौजले आइएसको संलग्नताको खोजी गरिरहेको छ । सुरक्षा फौजले पछिल्लो समयमा ५०० भन्दा बढी र बालबालिकालाई विभिन्न सहरबाट पक्राउ परेका एएफपी समाचार समितिले जानकारी दिएको छ । –रासस/सिन्ह्वा