१ कार्तिक २०८३, आइतबार

सिन्धुपाल्चोकका ग्रामीण क्षेत्रमा मोबाइल सेवा संचालन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० फागुन । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले मंगलबारदेखि विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराएको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका विकट ग्रामीण क्षेत्रहरुः मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीका अधिकांश स्थानमा जीएसएम मोबाइल सेवा उपलब्ध गराएको छ । अव ती क्षेत्रहरुमा जीएसएम टुजी र थ्रिजी मोबाइल सेवा उपभोग गर्न सकिने भएको छ ।

उक्त जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ६ को विकट मानिने गति मान्द्रामा टावर स्थापना गरी सेवा उपलब्ध गराइएको हो । गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ रहेको स्थानबाट करिब १५ किलोमिटरको दुरीमा अवस्थित छ ।

बब यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । ती क्षेत्रका करिब ४ हजार सेवाग्राही दूरसञ्चार सुविधाबाट लाभान्वित हुने भएका छन् ।