३ कार्तिक २०८३, मंगलबार

जहाज दुर्घटनापछि उड्डयन प्राधिकरणले लियो एक्शन: एयरपोर्टका ६ जना कर्मचारीलाई कारबाही

49.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन बिमानस्थलको टावरमा खटिएका छ जना कर्मचारीमाथि एक्शन लिएको छ ।

त्रिभुवन बिमानस्थलमा सोमबार भएको जहाज दुर्घटनाको छानबिन गर्न सरकारले आयोगले बनाए लगत्तै प्राधिकरणले ६ जना कर्मचारीलाई कारबाहीस्वरुप सरुवा गरेको हो । विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावरबाट उनीहरुलाई विभागमा सरुवा गरिएको प्राधिकरण स्रोतले जानकारी दियो ।

सोमबार ढाकाबाट आएको युएस–बंगला एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो । बिमानस्थलको टावरले गलत निर्देशन दिएका कारण जहाज दुर्घटना भएको एयरलाइन्स कम्पनीले दाबी गरेको छ । टावरका अधिकारीले भने आफ्नो आदेश नमानेका कारण दुर्घटना भएको जनाएका छन् ।