काठमाडौं, २९ फागुन । नेपाली बजारमा सामसङको ग्यालेक्सी एस ९ तथा एस ९ प्लसलाई सार्वजनिक गरिएको छ ।
एस ९ तथा एस ९ प्लस मा इमेज, भिडियो तथा इमोजीहरू शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको जनाएको छ ।
डुअल अर्पाचर लेन्स, लो लाइट क्यामेरा,सुपर स्लोमोसन भिडियो खिच्न सकिने सुविधा नयाँ फोनमा छ । पर्सन लाईज्ड ए आर इमोजीस तथा डल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको सामसङले उल्लेख गरेको छ ।
सुपर स्पीड डुअल पिक्सल सेन्सरको साथ डेडिकेटेड प्रोसेसिङ्ग पावर तथा मेमोरी जस्ता विशेषताले गर्दा उच्चस्तरीय फोटो खिच्न सकिनुका साथै फोटोशेयर गर्न सकिन्छ ।
सुपर स्लो–मोको साथ कुनै पनि क्षणलाई बनाउन सकिन्छ । हरेक दिन डायनामिक स्लो मोशन भिडियो खिच्न सकिन्छ । यसले प्रति सेकेन्ड ९६० फ्रेम क्याप्चर गर्न सक्दछ ।















प्रतिक्रिया