२ कार्तिक २०८३, सोमबार

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४० पुग्यो, २२ जना घाइते

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ यूएस बंगला एअरलाइन्सको विमानमा सोमबार अचानक आगलागी हुँदा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २२ जना घाइते भएका छन् ।

कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमानमा आगलागी हुँदा ३१ जनाको शव फेला परेको छ ।

केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ८ जना र शिक्षण अस्पतालमा उपचारको क्रममा १ जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये १६ जनाको केएमसी अस्पताल सिनामंगलमा, ५ जनाको नर्भिक अस्पतालमा र १ जनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली खटिई गई दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिनुको साथै थप उद्धार कार्य भइरहेको छ ।