
काठमाडौँ, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो भएको यूएस बंगलाको जहाज दुर्घटनामा मृतकको संख्या ३६ पुगेको छ ।
जहाजमा रहेका ६७ जनामध्ये ३६ जनाको मृत्यु भएको र २८ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको छ । मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । उद्दार गरिएकामध्ये १४ जनाको केएमसी र नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
बिमानस्थल स्रोतले दिएको जानकारी अनुसार, जहाजका को–पाइलटको ज्यान गएको छ । घाइते अबस्थामा उद्दार गरिएका को–पाइलटको केएमसी अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो ।
ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । जहाज जलेर पूर्णरुपमा नष्ट भएको छ । एउटा पँखेटाबाहेक सबै जलेको छ । अहिले बिमानस्थल बन्द गरिएको छ ।















प्रतिक्रिया