४ कार्तिक २०८३, बुधबार

सलमानको ‘दबङ द टुर’ मे ५ मा हुने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको धम्कीपछि कारण स्थगित गरिएको ‘दबंग द टुर’ कार्यक्रम मे ५ मा हुने भएको छ ।

बलिउड अभिनेता सलमान खानसहितका कलाकार सहभागी हुने सो कार्यक्रम मार्च १० का लागि तय गरिएको थियो । अहिले अवस्था शान्त बन्दै गएकाले कार्यक्रम मे ५ का लागि निर्धारण गरिएको आयोजक ओडिसी इन्टरटेन्मेन्टले जनाएको । पहिले सलमान खानको नेपाल भ्रमणका सम्बन्धमा सम्झौता गर्दा उल्लेख भएअनुसार नै कार्यक्रम सारिएको आयोजकले जनाएको छ ।

टुँडिखेलमा हुने भनिएको कार्यक्रममा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने बताइएको छ ।