३ कार्तिक २०८३, मंगलबार

राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमल्सिना निर्विरोध

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षमा नेकपा एमालेका नेता गणेश तिमल्सिना निर्विरोध भएका छन् ।

तिमिल्सिनाको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई तथा प्रस्तावकमा एमालेकै सुमनराज प्याकुरेल र माओवादी केन्द्रका दिनानाथ शर्मा थिए ।

पर्वतका तिमल्सिना एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् । एमाले एमाले शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।