३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीको गृहजिल्लामा गुपचुप के गर्दै छन् पूर्वराजा ?

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले अड्डा जमाएर बसेका छन् ।

फागुन २० गते आइतबार दिउँसो पत्नी कोमल शाहसहित पूर्वराजा शाह झापा पुगेका हुन् । काठमाडौंबाट उनी श्रीएयरलाइन्सको जहाजमार्फत भद्रपुर पुगेका हुन् । उनी दमक अ्डा जमाएर बसेको उच्च स्रोतले जनाएको छ ।

तीन साताको पूर्वयात्रामा लागेका पूर्वराजा दमकमा आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेट गार्डेनमा एक हप्ता बिताएका छन् । मंगलबारदेखि शाहको भ्रमण यात्रा सुरु हुनेछ ।

पूर्वराजा शाहको भ्रमण सुनसरीको रामधुनीमा दर्शन गरेपछि सुरु हुनेछ । उनी दिउँसो ३ बजे भगवानले रामले धुनी जगाएको स्थलमा दर्शन गर्ने निजी सचिवालयले जनाएको छ ।

पूर्वराजा प्रकाशपुरमा भइरहेको श्रीमद्भागवत् र धनधान्यान्चल मेलामा सरिक हुनेछन् ।

प्रधानमन्त्री केपी ओलीको गृहजिल्लाव झापामा पूर्वराजा शाहको शुभेच्छुकहरूले भव्य स्वागत समेत गरेका छन् ।