१ कार्तिक २०८३, आइतबार

ह्वात्तै घट्यो शेयर बजार, अर्थमन्त्री डा. खतिवडालाई ‘च्यालेन्ज’

17.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ फागुन । देशमा नयाँ सरकार बनेसँगै शेयर बजार उकालो लाग्ने अनुमान गरिए पनि त्यसको ठ्याक्कै उल्टो भएको छ ।

पूर्वगभर्नर समेत रहेका डा. युवराज खतिवडा अर्थमन्त्री बनेपछि शेयर बजार झन खस्किएको छ । आइतबार त झन् दोहोरो अंकले ओरालो लाग्दै एक हजार २८४ दशमलव ९ बिन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से सोमबार ३१ दशमलव ४ बिन्दुले ओरालो लागेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६ दशमलव ४ बिन्दुले ओरालो लागेर २७३ दशमलव ६ बिन्दुमा पुगेको छ ।

आइतबार सबै उपसमूहका शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो । स्टकका अनुसार बैंकिङ २३ दशमलव १५, होटल ६३ दशमलव ५२, विकास बैंक २५ दशमलव ५२, जलविद्युत् ६४ दशमलव ६५, फाइनान्स ८ दशमलव ६८, बीमा २४३ दशमलव १८, उत्पादन ५२ दशमलव १७, अन्य १० दशमलव ७५ र माइक्रोफाइनान्स ४५ दशमलव ५२ अंकले ओरालो लागेका हुन् ।

आइतबार कूल १६० कम्पनीको सात लाख ६३ हजार ५९१ कित्ता शेयर रु ३२ करोड ५१ लाख नौ हजार मूल्यमा कारोबार भएको हो ।

अर्थमन्त्री बन्नासाथ डा. खतिवडाले जग्गा र शेयरबजारको विषयमा बोलेको विषय विवादास्पद बनेको थियो । उनले आफ्नो बोली सच्चाए पनि शेयरबजार भने खासै उकासिएको छैन् ।