काठमाडौँ । एक्सपोज नेपालले सन् २००७ देखि नियमित आयोजना गर्दै आएको चर्चित सौदर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस काठमाडौँ’को प्रशिक्षण केही दिन भित्रै सुरु हुँदैछ । विभिन्न चरणको अडिसनबाट छानिएका अन्तिम प्रतियोगीलाई अब केही दिनमा प्रशिक्षणमा सहभागी गराउने तयारी गरेको आयोजन एक्सपोज नेपालकी एमडी अर्चना थापाले जानकारी दिइन् ।
युवायुवतीको प्रतिभा निखार्दै जिम्मेवार नागरिक बन्न प्रोत्साहित गर्ने उद्देश्यसहित आयोजित प्रतियोगीतामा सहभागीलाई फुटबल, रक क्लाइसम्बङग, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङग, मेकअप, ड्रेस वेयर जस्ता विषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिइनेछ ।
आयोजक एक्सपोज नेपालले आइतबार एक विज्ञप्ति जारी गर्र्दै प्रतियोगीतामा अझै केही सिट बाँकी रहेकोले इच्छुकले केही दिन भित्र आवेदन दिन सक्ने जनाएको छ ।
सुन्दरता नाप्ने परम्परागत शैलीलाई आधुनिकतामा ढाल्दै प्रतियोगीता आयोजना गर्दै आएको एक्सपोजको यो प्रतियोगीता मध्य ‘मिष्टर काठमाडौँ’मा १६ देखि २९ वर्षसम्म उमेरका युवक र ‘मिस काठमाडौँ’मा १६ बर्षदेखि २८ बर्षसम्मका युवतीको सहभागीता रहने गरेको छ ।
शिर्षसहित आधा दर्जन विधामा पुरस्कृत गरिने प्रतियोगीताको बिजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्नुका साथै चलचित्र, म्युजिक भिडियो, विज्ञापन चलचित्र अभिनय अवसर र विभिन्न उपहारसमेत जित्न सक्नेछन् ।















प्रतिक्रिया