३ कार्तिक २०८३, मंगलबार

‘बोक्सी’को आरोपमा कुटपिट गर्नेविरुद्ध जाहेरी लिन नमान्ने सई निलम्बित

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ फागुन । ‘बोक्सीकाण्ड’को जाहेरी लिन नमान्ने प्रहरी नायव निरीक्षक (सई)लाई निलम्बन गरिएको छ । बोक्सीको आरोपमा १७ वर्षे किशोरीलाई कुटपिट गर्नेविरुद्ध जाहेरी लिन नमान्ने ईलाका प्रहरी कार्यालय सुख्खडका सई दिनेश विष्टलाई निलम्बन गरिएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी १७ वर्षीय राधा चौधरीलाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको थियो । राधालाई झाँक्री रामबहादुर चौधरी र उनकी प्रेमिका किस्मती चौधरीले बोक्सीको आरोपमा कुटपिट गरेका थिए । उनीहरु विरुद्ध प्रहरी जाहेरी दिँदा प्रहरी जाहेरी नलिई मिलापत्र गराएको थियो ।

इलाका प्रमुख सई दिनेश विष्टले उजुरी दर्ताको साटो मिलापत्र गराएर पठाएको रहस्य खुलेपछि प्रहरी प्रधान कार्यालयले उनलाई आईतबार निलम्बन गरेको जनाएको छ । कुटपिटमा सम्लग्नलाई प्रहरीले पक्राउ गरेर बिहीबार नै छाडेको थियो । अहिले झाँक्री रामबहादुर र उनकी प्रेमिका किस्मती प्रहरी हिरासतमा छन् ।