३ कार्तिक २०८३, मंगलबार

टुक्रा–टुक्रा परेको राप्रपालाई एकीकृत गर्न दवाव, भित्रभित्रै तयारी

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ काठमाडौं । टुक्रा–टुक्रा परेको पूर्वपञ्चहरूको पार्टी फेरि एकजुट हुने गृहकार्यमा जुटेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको व्यक्तिवादी चरित्र र अहंकारवादी सोँचका कारण विभाजन हुन पुगेको पार्टी फेरि सङ्लिने तयारी गरेको हो ।

विभाजनसँगै निर्वाचनमा होमिएको राप्रपाले नराम्रोसँग हार व्यहोर्नु परेको छ । राप्रपाका राजेन्द्र लिङ्देनले मात्रै प्रतिनिधि सभामा जितेका छन् । लिङ्देन पनि वाम गठबन्धनका आशीर्वादले जितेका हुन् ।

राप्रपाबाट फुटेर बनेको दलहरू पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), डा.प्रकाशचन्द्र लोहोनीले नेतृत्व गरेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताका लागि दोस्रो तहका नेताहरूले प्रयास गरेको स्रोतले जनाएको छ ।

निर्वाचनको हारसँग शीर्ष नेताहरूले मिलेर जाने विषयमा सोँच बनाएका छन् । एकीकृत पार्टीको नेतृत्वको विषयमा विवाद रहे पनि दोस्रो तहका नेताहरूले सबै शीर्ष नेताहरूलाई व्यवस्थापन गरेर पार्टी एकता गर्ने तयारी गरेको एक नेताले बताए ।

नयाँ एकीकृत पार्टीको अध्यक्षमा कमल थापालाई अगाडि बढाउनु पर्ने भनेर बहुमत सदस्यको धारणा छ । तर, थापाका कारण राप्रपा छिन्नभिन्न भएको भन्दै नयाँ अध्यक्ष खोजेर जानुपर्ने बिल्पका विषयमा समेत परामर्श भएको एक नेताले बताए ।