१ कार्तिक २०८३, आइतबार

रक्सीबाट राज्यलाई उल्लेख्य कर उठाइदिएका छौँ : अध्यक्ष बुढाथोकी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २६ फागुन । राप्ती अञ्चल लिकर्स एशोसियसनले टंकसिंह बुढाथोकी रक्सीको व्यवसायबाट आफूहरूले राज्यलाई ठूलो योगदान गरेको बताएका छन् ।

दाङको घोराहीमा शनिबार सम्पन्न ११औँ साधारणसभामा एसोसिएसनका अध्यक्ष बुढाथोकीले मदिरा व्यवसायीहरूको योगदान राजश्वमा उल्लेख्य रहे पनि सोही अनुसारको व्यवहार नभएको बताए ।

‘हामी व्यवसायीका कारण सरकारलाई उल्लेख्य राजश्व उठेको छ’, बुढाथोकीले भने, ‘राज्यलाई हामी मदिरा व्यवसायीहरूलाई हेर्न दृष्टीकोणमा परिवर्तन ल्याउन सकेको छैन ।’

नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद नेपालले मदिरा व्यवसायीहरूका समस्या जटिल प्रकारका हुन थालेको बताए । उनले भने, ‘मदिरा व्यवसाय जटिल व्यसाय हो । यो व्यवसायमा जोखिम र समस्या छन् । यसलाई समाधान गर्न हामी सबै एक जुट हुनुपर्छ ।’

अध्यक्ष नेपालले मदिरा व्यवसायलाई नमूना बनाउनका लागि सम्पूर्ण व्यवसायीहरू सक्रिय हुनुपर्ने बताए ।

कार्यक्रमक दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशीले मदिरा व्यवसायीहरूले दाङ लगायत राप्ती क्षेत्रमा नमूनाको व्यवसाय गरिरहेको बताए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वणिज्य संघका कोषाध्यक्ष सशील पोख्रेल, रुपन्देही मदिरा व्यवसायी संघका उपाध्यक्ष टीकाराम पन्थी, दाङ–देउखुरी होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र पुन मगर, राप्ती अञ्चल बजार प्रतिनिधी एशोसियसनका अध्यक्ष दीनानाथ शर्मा, प्राजान्त्रिक उद्यामी संघका अध्यक्ष गुरुप्रसाद कँडेल लगायतले शुभकामना दिएका थिए ।

साधारण सभामा एसोसिएसनका महासचिव श्रीधर धितालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टीकाजंग वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।