बिछोडिएको बर्षौपछि गायिका अञ्जु पन्त र उनका श्रीमान मनोज एउटै एल्बममार्फत बजारमा आइपुगेका छन् । जसका लागि मौका जुराइदिएका हुन्, चर्चित गीतकार गोविन्दप्रसाद उपाध्यायले ।
एपेक्स डेभलपमेन्ट बैंकका सिइओ समेत रहेका गीतकार उपाध्यायको शनिबार विमोचित सत्यता २ एल्बममा अञ्जु र उनका श्रीमान मनोजको गीत समेटिएको छ । गीतकार उपाध्यायले बुनेको शब्दलाई अञ्जु र मनोजले आफ्नो बिछोडको पीडाका रुपमा गाएका छन् । अञ्जु र मनोजले सँगै गीत गाउन भने मानेका थिएनन्, गीतकार उपाध्यायले फरक फरक समयमा रेकर्ड गर्ने व्यवस्था मिलाएर एउटै गीत बनाउन सफल भएका हुन् ।
संगीतकार हरि लम्सालले संगीत भरेको यस एल्बमलाई म्युजिक नेपालले बजारमा ल्याएको छ । एल्वममा जम्मा ७ वटा गीत संग्रहित छन् । जसमा अन्जु र मनोजका अलवा राज सिग्देल, आस्था राउत लगायतका गायक गायिकाको स्वर समावेश गरिएको छ ।
गीतकार उपाध्याय गीतकार संघ नेपालको नवनिर्वाचित कोषाध्यक्ष पनि हुन । पछिल्लो समय संगीत क्षेत्रमा फड्को मारेकाले २०४६ सालबाटै औपचारिक लेखन थालेका थिए । बैंकरको व्यस्त जीवनका बाबजुद पनि एल्बम बजारमा ल्याएर उनले गीत संगीतको आफ्ना मोह छताछुल्ल पारेका छन् ।














प्रतिक्रिया