
डोटी, २५ फागुन । सात नं. प्रदेशका सामाजिक विकास मन्त्री दिर्घबहादुर सोडारीले चिकित्सकहरुको सुरक्षाको लागि प्रदेश स्तरवाट कडा कानुन ल्याईने बताए ।
डाक्टरमाथि बिरामीका आफन्तहरुले कुटपिट गरेपछि सुरक्षाको माग गर्दै १९ दिन देखि बन्द रहेको डोटी जिल्ला अस्पतालमा सेवा सुचारु गर्ने क्रममा भएको छलफलमा मन्त्री सोडारीले चिकित्सकहरुको संगठनसँग भएको सम्झौताका क्रममा कानुन फितलो भएको गुनासो आएको हुँदा प्रदेश स्तरबाट नै डाक्टरहरुको सुरक्षाको लागि कडा कानुन आवश्यक भएको औंल्याए ।
मन्त्री सोडारीले डोटी जिल्ला अस्पताल सिलगढीमा आफूसँगै डा. गिरिस अवस्थी मार्फत १९ दिन देखि बन्द रहेको चिकित्सकिय सेवा पुनः सुचारु गराएका हुन् ।
जिल्ला अस्पताल डोटीमा आयोजित छलफल कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख शतिस बिष्टले सुरक्षाको कारण देखाउदै जिल्ला छोडेका अन्य डाक्टरहरुलाई पनि जिल्ला ल्याउने प्रयास गरिरहेको बताए । प्रमुख बिष्टले भने,‘चिकित्सकिय सेवा बाहेकका अन्य सेवा चालु नै थिए । आज देखि चिकित्सकिय सेवा समेत सुचारु भएको छ ।’















प्रतिक्रिया