२९ आश्विन २०८३, बिहिबार

को बन्ला कलेज सुन्दरी ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss-teen-College1

काठमाडौं । कलेजमा अध्ययनरत किशोरीहरुका लागि “टीभीएस जुपीटर मिस टिन कलेज” प्रतियोगिता राजधानीमा सुरु भएको छ ।

काठमाडौंको पुतलीसडकमा आयोजित अडिसन कार्यक्रममा पहिलोचरणमा ४० जना किशोरीहरु छनौट भएका छन् । सिजन मिडियाले आयोजना गरेको कार्यक्रममा उपत्यकाका ५० भन्दा बढी कलेजहरुबाट १ सय भन्दा बढी छात्राहरूको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए । सिजन मिडियाले मिस ई–कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस्, एसएलसी प्रिन्सेस् कार्यक्रम विगत ६ बर्षदेखि निरन्तर गर्दै आएको छ । कलेजमा अध्ययनरत किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गतबर्षदेखि मिस टिन कलेज प्रतियोगिता आरम्भ गरिएको हो ।

कलेजमा अध्ययनरत टिनएजेर युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै उच्च शिक्षाको अध्ययनका लागि सहयोग पुर्‍याउने र समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने यस कार्यक्रमको उद्देश्य छ । “क्रियटिभ योर कलेज आइडेन्टिटी” नारा दिइएको यस बर्षको मिस टिन कलेजको मुख्य प्रायोजक टीभीएस जुपीटर स्कूटर रहेको छ ।

miss-teen-College

पहिलो चरणको छनोटमा नेशनल कलेजका निर्देशक तथा प्राध्यापक राजेन्द्र कोइराला, दैनिक नेपाल डटकमका सम्पादक तथा वृत्तचित्र निर्देशक गणेश पाण्डे, म्यूजिक भिडियो निर्देशक समन अधिकारी तथा कोरियोग्राफर रोजीन शाक्य अडिशनको निर्णायक मण्डल थिए ।

अडिसनबाट छानिएका किशोरीहरुलाई आगामी पुस १ गते आइतबारबाट प्रशिक्षण दिइने आयोजकले बताएको छ । प्रशिक्षणका क्रममा शारिरीक फिटनेश,फोटो सेसन, व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइनेछ । यसका साथै माइती नेपाल, नार्कोनन नेपाल, बाल आश्रम, वृद्धा आश्रमसहित मिडिया तथा कल्चरल भ्रमण र हस्पिटालिटी सम्बन्धी जानकारी प्रदान पनि गराइने बताइएको छ । स्टेज पर्फमेन्स, क्याटवाक आदि लगायतका विभिन्न विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्ने कार्यक्रम छ । माघको पहिलो साता प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले “टीभीएस जुपीटर मिस टिन कलेज” को ताज उपाधिसहित एकलाख ६५ हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख बरावरको छात्रबृत्ति, फेसन सेन्टर भाटभटेनीका तर्फबाट १० हजार रुपैंया बराबरको गिफ्ट साडी साथै अन्य गिफ्ट ह्याम्पर पाउने छन् ।

फस्ट रनर अपले ल्यापटप र सेकेण्ड रनर मोबाइल फोन साथै १ वर्षको छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यसबाहेक अन्य विभिन्न १४ विधामा पनि आगामी माघको पहिलो हप्ता प्रज्ञाभवन कमलादिमा विजेता छनौट गरिनेछ ।