१ कार्तिक २०८३, आइतबार

ललितपुरमा खुला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने, सुरु भयो तयारी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आयोजक समितिका संयोजक विनोद महर्जन

काठमाडौं, २५ फागुन । ललितपुरको चापागाउँमा दोस्रो वीर गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता वैशाख १३, १४ र १५ गतेदेखि हुने आयोजक समितिका संयोजक विनोद महर्जनले जानकारी दिए । प्रतियोगितामा पुरुष ५०, ५५, ६०, ६५, ७० र खुल्ला तौलमा प्रतिस्पर्धा हुनेछ । महिलाको ५०, ५५, ६० र खुल्ला तौल समूहको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले ३० हजार, दोस्रो हुने खेलाडीले १५ हजार र तेस्रो हुने दुर्इ जना खेलाडीले १०–१० पाउनेछन् ।

उत्कृष्ट पुरुष र महिला एक–एक गरी २५–२५ हजार पाउने छन् । टिम च्याम्पियन हुनेले रू ५० हजार पाउने संयोजक महर्जनले बताए ।

प्रतियोगितामा सात प्रदेशका कराते, ताइक्वान्दो, उसु, बक्सिङ, फुल कन्त्याक्त कराते, आइ ति एफ र नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना समेतको टिम गरी २ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहनेछन् ।