४ कार्तिक २०८३, बुधबार

‘हावासँगै उडिरहे…’ युट्युवमार्फत सार्वजनिक

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक तथा संगीतकार डिपी निरेसाको अर्काे उत्कृष्ट गीत ‘हावासँगै उडिरहे..’ सार्वजनिक भएको छ । गीत युट्युवमार्फत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो ।

रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा गणेश अधिकारी र एनी कुँवरले मोडलिङ गरेका छन् । नृत्य थिममा तयार पारिएको भिडियो आकर्षक लोकेसनमा छायाँकन भएको छ ।

सांगीतक क्षेत्रमा करिब दर्जन चर्चित गीत दिएका गायक डिपीको यो शब्द प्राप्ति राको रहेको छ भने संगीत गायक स्वयम र कुमार पौडेलले भरेका हुन् ।

भोमन कटुवालको निर्देशन रहेको यो भिडियोमा जनक चौधरीको छायाँकन, अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।