काठमाडौं, २५ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले टीकापुर हत्याकाण्डमा पक्राउ परेका रेशमलाल चौधरीलाई बिनासर्त छाड्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेको छ ।
प्रधानमन्त्री ओलीसँग शुक्रबार साँझ टेलिफोन गरेर राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले चौधरीलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।
जवाफमा प्रधानमन्त्री ओलीले चौधरीलाई छाड्न सरकार सकारात्मक रहेको जवाफ दिएको राजपा नेपालका नेता अनिलकुमार झाले जानकारी दिए ।
‘प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच टेलिफोनमा कुराकानी भएको छ’, टेलिफोन सम्वाद उदृत गर्दै राजपाका नेता झाले जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीज्यूले रेशमलाल चौधरीलाई छाड्ने बाचा गर्नुभएको छ ।’ चौधरीलाई रिहाइ नगरिए राजपा नेपाल कडा आन्दोलनमा जाने झाले चेतावनी दिए ।
टीकापुर हत्या काण्डमा मुछिएका चौधरी प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका सांसद हुन् । उनले केही दिन अगाडि अदालत समक्ष आत्मसर्मपण गरेका थिए ।
राजपा नेपालले चौधरीलाई बिनार्सत छाडेर शपथको कार्यक्रम मिलाउन सरकारसँग आग्रह गर्दै आएको छ ।















प्रतिक्रिया