२ कार्तिक २०८३, सोमबार

विश्वकप छनौट : स्कटल्याण्डसँग नेपाल ४ विकेटले पराजित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको बिहीबारको खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ । नेपालले स्कटल्याण्डसामु पेश गरेको १५० रनको विजय लक्ष्य स्कटल्याण्डले ४१ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

स्कटल्याण्डका लागि काइल कोएट्जरले सर्वाधिक ८८ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले १४, क्रेग वालेसले १७, सीएस म्याकलियोडले १५, हेन्री जर्ज मुन्सेले १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मी २/२ तथा ललित राजवंशीले दिपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १४९ रन बनाएको हो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन बनाए । त्यस्तै बसन्त रेग्मीले नटआउट २४, सोमपाल कामीले १८, र रोहितकुमार पौडैलले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

स्टकल्याण्डका लागी स्टुवार्ट ह्विटिंगमले ३, सफ्यान सरिफले २, तथा रिची, इभान्स र टोम सोलीले समान एक–एक विकेट लिए ।