काठमाडौं, २७ मंसिर । उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यस्थितिबारे आज जानकारी लिनुभएको छ ।
बिहान अस्पताल पुगी उपप्रधानमन्त्री सिंहले जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको र उहाँको उपचार खर्च सरकारले व्यहोर्नेसम्वनधी मन्त्रिपरिषद्ले गरेको निर्णयबारे अवगत गराउनुभएको उपप्रधानमन्त्री सिंहका सञ्चार संयोजक युपी लामिछानेले बताउनुभयो ।
निमोनियाको आशङ्कामा गत साता भर्ना हुनुभएका जोशीको स्वास्थ्य सुधारोन्मुख छ ।
यसैबीच उपप्रधानमन्त्री सिंहले आजै मस्तिष्कको ट्युमरको शल्यक्रिया गराई माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत पत्रकार सूर्यकुमार क्षेत्रीको अवस्थाबारे पनि जानकारी लिनुभयो ।















प्रतिक्रिया