२ कार्तिक २०८३, सोमबार

नेपालले टस जित्यो, स्कटल्यान्डविरुद्ध ब्याटिङ गर्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस पार्कमा केहिबेरपछि सुरु हुनेछ।

प्रतियोगितामा नेपालले दोस्रो खेल खेल्न लागेको हो। यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो। स्कटल्यान्डले भने तेस्रो खेलमा प्रतिस्पर्धा लागेको हो। यसअघि स्कटल्यान्डले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो।

बुलावायो मैदानमा जिम्बावेले पहिलो खेलमा ३ सय ८० रन बनाएको थियो। यही मैदानमा जिम्बावेले १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानलाई रोक्न सफल भयो। त्यसैले पीचको अवस्थाको पूर्वानुमान गर्न कठिन छ। तर दुवै खेलमा स्पिनरले राम्रो प्रदर्शन गरेका छन्। नेपाल र स्कटल्यान्डबीचको खेलमा पनि स्पिनरले राम्रो प्रदर्शन गर्न सक्नेछन्।

स्कटल्यान्ड र नेपालबीच एकदिवसीय खेलमा पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ। पछिल्ला तीन वटै खेलमा नेपालले पराजय भोगेको छ। सन् २०१४ को विश्वकप छनोटमा स्कटल्यान्डले नेपाललाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र स्कटल्यान्डबीच पहिलो चरणमा दुई खेल भएका थिए। स्कटल्यान्डमा भएको दुवै खेलमा नेपाल पराजित भयो।