२ कार्तिक २०८३, सोमबार

बसेलसँग हारेपनि म्यान्चेष्टर सिटी च्याम्पियन लिगको अन्तिम आठमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । म्यान्चेष्टर सिटी दोस्रो पटक च्याम्पियन लिगको क्वाटर फाइनल (अन्तिम आठ)मा प्रवेश गरेको छ । दोस्रो लेगअन्तर्गत बुधबार रातिको खेलमा बसेलसँग २–१ गोल अन्तरले पराजित सिटी एग्रिगेटमा ५–२ ले अग्रता लिदै अन्तिम आठको यात्रा तय गरेको हो ।

सिटीका लागि एकमात्र गोल ग्याब्रियल जिजसले गरेका हुन् । उनले ८ औँ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसपछि बसेलले २ गोल फर्कायो । बसेलका मोहम्मदले १७ औँ मिनेटमा र माइकल ल्याङले ७१ औँ मिनेटमा गोल गरे । तर सिटीले गोल गर्न सकेन ।

टोटनहाम युभेन्टससँग पराजित

त्यस्तै, बुधबार राति नै भएको खेलमा युभेन्टसले टोटनहामलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो लेगमा १ गोलले पछि परेको युभेन्टस दोस्रो लेगमा ४–३ गोलले एग्रिगेटमा अग्रता लिदै क्वाटर फाइनल प्रवेश गरेको हो ।

टोटनहामका लागि सोन हेउङ मिनले ३९ मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । ६४ औँ मिनेटमा युभेन्टसका गोञ्जालो हिगुयनले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । त्यसपछि ६७ औँ मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्टसलाई जिताए ।