लसएञ्जलस, २४ फागुन । अमेरिकाबाट प्रकाशित हुने पत्रिका फोर्ब्सले सन २०१८ को अर्वपतिको सूची सार्वजनिक गरेको छ । अर्बपतिको सूची सार्वजनिक गर्ने पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीमा विश्वमा २ हजार २ सय ८ जना अर्बपति रहेका छन् ।
यो वर्ष सबैभन्दा धनी व्यक्ति बिल गेट्सलाई पछि पार्दै अमेरिकन अनलाइन सपिङ साइट अमेजनका संस्थापक जेफ बेजोस पहिलोे नम्बरमा आएका छन् । सम्पत्ति कमाउने मामलामा उनले रेकर्ड नै राखेका छन् ।
११२ अर्ब अमेरिकी डलर सम्पत्तीसँगै उनी पहिलो स्थानमा रहेका छन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति एक वर्षमा ३९ अर्ब अमेरिकी डलरले बढेको छ ।
यसैगरी दोस्रो स्थानमा झरेका बिल गेट्ससँग ९० अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति छ । सेयर बजारका बादशाह वारेन बफेट ८४ अर्ब अमेरिकी डलर सम्पत्तिसहित तेस्रो स्थानमा रहेका छन् । सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरवर्ग ७१ अर्ब अमेरिकी डलर सम्पत्तिका साथ पाचौं स्थानमा रहेका छन् ।
अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको सम्पत्ति भने यो वर्ष घटेको छ । अघिल्लो पटक ५४४ अर्बपतिको सूचीमा रहेका ट्रम्प यो पटक ७६६ औ सूचीमा रहेका छन् । उनीसँग अहिले ३ अर्ब अमेरिकी डलर सम्पत्ति छ । – एजेन्सी















प्रतिक्रिया