१ कार्तिक २०८३, आइतबार

छैटौं अलैंची महोत्सवको तयारी पुरा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-बेलिना थापा/दैनिक नेपाल
लमजुङ, फागुन २३ । लमजुङका अलैंची कृषकलाई उत्साहित बनाउन आयोजना गरिएको छैटौं अलैंची महोत्सवको तयारी पुरा भएको छ ।
क्व्होलासोंथर गाउँपालिका वडा नं. ८, घाम्राङमा फागुन २६ र २७ गते हुने अलैंची महोत्सवको तयारी पुरा भएको आयोजक नेपाल अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङले बुधबार पत्रकार भेटघाटमार्फत जानकारी दिएको हो ।

नेपाली अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङ, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अलैंची जोन लमजुङको आयोजनामा छैटौ अलैंची महोत्सव हुने भएको हो । ६१ घरधुरी रहेको घाम्राङमा यसबर्ष अलैंची महोत्सव मनाइने अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

घाम्राङमा सबै घरले अलैंची खेती गरेका छन् । अध्यक्ष तामाङले महोत्सवमा कृषक र व्यापारीबीच अलैंची मुल्य गिरावटसम्बन्धी छलफल तथा अन्तरक्रिया समेत गरिने बताए ।

महोत्सव संचालन गर्न अध्यक्ष तामाङको संयोजकत्वमा ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिसकिएको छ । सोही अवसरमा उत्कृष्ट कृषकलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा अलैंची व्यवसायी महासंघसंग आवद्ध देशभरका १४ जिल्लाको अलैंची प्रदर्शन गरिने आयोजकले जनाएको छ ।