१ कार्तिक २०८३, आइतबार

एमाले स्थायी र पोलिट्व्युरो सदस्य चयनको प्रक्रिया आइतबार हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML party office-काठमाडौँ, २६ मंसिर । नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले स्थायी र पोलिट्व्युरो सदस्य चयनका लागि गरिने निर्वाचन प्रक्रिया आइतबार बिहान १० बजेसम्मका लागि स्थगित गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमतिमै स्थायी र पोलिट्व्युरो सदस्य चयनको प्रयास भइरहेको भन्दै आयोगले निर्वाचन प्रक्रिया एक दिन पर सारेको हो ।

आयोगले निर्वाचन कार्यक्रम शनिबार २ बजेदेखि सुरु हुनेछ कार्यतालिका सार्वजनिक गरेको थियो । २ बजे उमेदवारी मनोनयनको कार्यक्रम राखिएको  थियो ।
ओली र नेपाल समुहबीच सहमति नभए पोलिव्यूरोमा १६ पदाधिकारीसहित ३९ पूर्ण सदस्य र १५ जना वैकल्पिक पोलिटव्यूरोका लागि निर्वाचन हुनेछ ।