
डमासकस, २३ फागुन । रसियाको कार्गो विमान सिरियामा दुर्घटना हुँदा विमानमा सवार सबै ३९ जनाको मृत्यु भएको छ ।
लताकियास्थित सिरियाको एयरबेसमा एन–२६ नामक विमान दुर्घटना भएको रक्षा मन्त्रालयलाई उदृढ गर्दै समाचार संस्थाहरुले जनाएका छन् । समाचारमा जनाइए अनुसार प्राविधिक समस्याका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक सूचना आएको छ । दुर्घटनामा मारिएका सबै ३९ जना रसियन सेनाका सदस्य हुन् ।
सो विमान कुनै पनि आक्रमणबाट खसालिएको नभएको सेनाका अधिकारीले बताएका छन् । रसियन स्टेट टेलिभिजनले बताए अनुसार विमान ५०० मिटरमाथिबाट तल खसेको थियो । –एजेन्सी















प्रतिक्रिया