२ कार्तिक २०८३, सोमबार

झापा गोल्डकपमा मनाङ र सहारा भिड्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा मंगलबार मनाङ मस्र्याङ्दी र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुँदैछ ।

डोमालाल राजबंशी रंगशालामा मंगलबार दिउँसो ३ बजे देखि सुरु हुने खेलमा यी दुई टोली आमने सामने हुने भएका हुन् । यसअघि सोमबार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गर्दै थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा १० टोली आयोजक झापा ११, रुपन्देही, मनाङ–मस्र्याङ्दी, थ्री स्टार, हिमालयन शेर्पा, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, सुदूरपश्चिम र भारतको सिक्किम युनाइटेडको सहभागिता रहेको छ । फागुन २८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार तथा उप विजेताले ६ लाख प्राप्त गर्नेछ ।