
काठमाडौँ । लमजुङे कलाकारहरु रोशन कुताल क्षेत्री र सुनिता अधिकारीको स्वरमा सजिएको नयाँ गीतको छायाँकन सकिएको छ ।
गीतमा रमेश बिजीको शब्द र गायक कुतालकै लय छ । रिना थापा मगर र विवेक खड्काको अभिनय रहेको गीतको शनिबार काठमाडौँमा छायांकन सकिएको छ । जसलाई शिव विश्वकर्माले निर्देशन र शम्भु चालिसेले क्यामरामा कैद गरेका छन् ।

गीतमा लमजुङप्रतिको माया दर्साइएको छ । जसको एउटा टुक्का यस्तो छः
देउरालीको वर
मायाको कहाँ होला घर थाहा छैन
मेरो लमजुङ घर
लोक गीत र संगीतको खानीमा लमजुङलाई जोडेर पछिल्लोपटक खासै गीतहरु बजारमा आएका छैनन् । त्यसैले लमजुङे कलाकारहरु रोशन र सुनिताको यो गीतलाई धेरै लमजुङेले माया गर्ने अपेक्षा गरिएको छ ।
‘छिट्टै बजारमा ल्याउने कोसिस गरिरहेको छु, दर्शक र हरुले अत्याधिक मन पराइदिनुहुन्छ भन्ने विश्वास छ’- गायक कुतालले दैनिक नेपालसँग भने ।















प्रतिक्रिया