३० आश्विन २०८३, शुक्रबार

चीनको प्रमुख शत्रु भारत या अमेरिका ?

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, २२ फागुन । नेपालको उत्तरी छिमेकी चीनले आफ्नो सैन्य बजेटमा भारी बढोत्तरी गरेको छ । विश्वकै सबैभन्दा ठुलो सेना रहेको चीनले रक्षा बजेटमा भारी वृद्धि गरेको हो ।

हालैका वर्षहरुमा चीनले आफ्नो सुरक्षाफौजलाई आधुनिकिकरण गर्ने दिशामा लगातार लगानी बढाइरहेको छ । चीनले आगामी वर्षका लागि आफ्नो रक्षा बजेट घोषणा गरेको छ । चीनले आफ्नो सेनाका लागि १.११ ट्रिलियन युआन (१७५ अर्ब डलर) खर्च गर्ने जनाएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार चीन आफ्नो सेनाको आधुनिकीकरणका लागि भारतको भन्दा तीन गुना धेरै बजेट खर्च गर्दैछ । भारतले आफ्नो चालु बजेटमा रक्षा क्षेत्रका लागि ४६ अर्ब डलर राखेको छ । भारतको तुलनामा चीनको यो बजेट धेरै ठुलो हो ।

चीनले यस पटक अघिल्लो सालको तुलनामा आफ्नो रक्षा बजेट आठ प्रतिशत बढाएको हो । बेइजिङमा चीनको संसदको बैठकका क्रममा यसको घोषणा गरिएको हो ।

हालै मात्र इन्टरनेशनल इस्टिच्युट अफ स्ट्र्याटेजिक स्टडिज (आईआईएसएस) विशेषज्ञले अब अमेरिकाले आफ्नो सेनाको मुकाबिला रूससँग नभई चीनसँग गराउने जनाएका थिए, खासगरी समुद्रमा र आकाशमा । यसको प्रष्ट अर्थ भनेको अब चिनियाँ बायु सेना अमेरिकालाई टक्कर दिने हैसियतमा पुगिसकेको छ ।

विश्व समुदायले नै चीनको सेनाले जुनसुकै देशमा सेनालाई सजिलै टक्कर दिन सक्ने कुरा स्वीकारिसकेका छन् । सन् १९५९ देखि विश्वभरका देशमा सैन्य तयारीको खर्चमा निगरानी गर्दै आएको संस्था आईआईएसएसका विशेषज्ञले नै यसो भन्छन् भने अन्य कयौँ जानकारीले पनि यस कुराको पुष्टि गरिसकेका छन् ।

विशेषज्ञका अनुसार चिनियाँ सेनाको आधुनिकीकरण र सैन्य क्षमताको कुनै जवाफ नै अरु देशसँग छैन । चिनियाँ सेनासँग लामो दुरीसम्म केही सेकेन्डमै मार हान्न सक्ने मिसाइलदेखि पाँचौ जेनेरेसनको फाइटर जेट समेत छ ।

चीनले यस्ता ७५ प्रतिशत हतियारलाई उसले पश्चिमी देशको तुलनामा आधा मूल्यमा बेच्छ जसको क्षमतामा पश्चिमी देशले उत्पादन गरेका हतियारले प्रतिस्पर्धा नै गर्न सक्दैनन् ।

अघिल्लो साल चीनले आफ्नो रक्षा बजेट सात प्रतिशत बढाएर १५०.५ अर्ब डलर बनाएको थियो । अमेरिकापछि रक्षा बजेटमा सबैभन्दा धेरै खर्च गर्नेमा चीन दोस्रो देश बनेको छ ।

चीनले आफूलाई जुनसुकै युद्धको अवस्थाका लागि तयार बनाउँदै दुई अरु विमानवाहक युद्धपोत बनाउने तयारीमा पनि छ । यसका अलावा नयाँ जेट लडाकू विमान र स्टिल्थ फाइटर जे-२० लाई पनि आफ्नो सेनामा सामेल गर्ने तयारी चीनले गरेको छ ।

चीनका सरकारी मिडियाले पनि अघिल्ला दुई वर्षमा बजेटमा वृद्धिको सिलसिला जारी रहेको जनाएका छन् । यस्तोमा रक्षा बजेट बढ्नुलाई पनि जायज मानेका छन् । – एजेन्सी