२ कार्तिक २०८३, सोमबार

राष्ट्रपतिको उम्मेदवार छान्न एमाले स्थायी समिति बैठक बस्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । राष्ट्रपतिको उम्मेदवार छान्न नेकपा एमालेको स्थायी समिति बैठक मंगलबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो ४ बजे बस्ने बैठकले राष्ट्रपतिको उम्मेदवार चयन गर्ने बताइएको छ ।

आगामी २९ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । वाम गठबन्धनको सहमति अनुसार नयाँ राष्ट्रपति एमालेबाट र उपराष्ट्रपति नेकपा माओवादी केन्द्रबाट चुनिनेछन् । सर्वसम्मत निर्णय नभए बहुमतको आधारमा निर्णय हुने एक एमाले नेताले जनाएका छन् ।

एमालेबाट वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति हुने ईच्छा देखाएका छन् । यसअघि सुवास नेम्वाङ पनि राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलेपनि उनी त्यो दौडबाट बाहिरिएका छन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी समेत दोहोरिन चोहेकी छन् । उनलाई एमालेले फेरि राष्ट्रपति बनाउने सम्भावना पनि छ ।