काठमाडौँ, २२ फागुन । मिडफिल्डर नेमाञ्जा मेटिकले अतिरिक्त समयमा गोल गरेसँगै इंग्लिस प्रिमियर लिगमा मान्चेष्टर युनाइटेडले सोमबार राति क्रिष्टल प्यालेसलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
खेलको पहिलो हाफमा क्रिष्टल प्यालेसले मान्चेष्टर युनाइटेडविरुद्ध २-० को अग्रता लिएको थियो । जसमा क्रिष्टल प्यालेसका आन्ड्रोस टाउनसेण्डले ११ औँ मिनेटमा तथा प्याट्रिक भान आनहोल्टले ४८ औँ मिनेटमा गोल गरेका थिए ।
२-० गोल अन्तरले पछि परेको नतिजालाई उल्टाउँदै मान्चेष्टर युनाइटेडले दोस्रो हाफमा ३ गोल फर्काउँदै जित हात पार्न सफल भएको हो । मान्चेष्टर युनाइटेडलाई जिताउन क्रिस स्मलिङले ५५ औँ मिनेटमा, रोमेलु लुकाकुले ७६ औँ मिनेटमा र मेटिकले अतिरिक्ति समयमा गोल बर्षाएका थिए ।
जितसँगै म्यान्चेष्टर युनाइटेड ६२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । २९ खेल खेलेको उसले १९ खेलमा जित हासिल गरेको छ । २९ खेल मध्ये २५ खेलमा जित हात पार्दै ७८ अंक जोडेको म्यान्चेष्टर सिटी तालिकाको पहिलो स्थानमा कायम छ ।















प्रतिक्रिया