काठमाडौँ । नेपाली टेलिभिजनको दुनियाँमा राम्रो प्रस्तोताको रुपमा स्थापित नारायण कडरिया अब गायकको रुपमा आएका छन् । कडरियाको समधुर आवाज रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
आफ्नै शब्द संगीत र स्वरमा रहेको ‘जाम पारी पारी’ बोलको गीत सोमबार देखि नै युट्युब र विभिन्न टेलिभिजनहरुबाट एकै साथ सार्वजनिक भएको छ । केकी अधिकारी र नारायणको अभिनय रहेको यस म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले छायांकन गरेका हुन् । सो भिडियोको सम्पादन निशान घिमिरेले गरेको छन् ।
हेर्नुहोस् भिडियोः















प्रतिक्रिया