४ कार्तिक २०८३, बुधबार

करिश्मा मानन्धर नयाँ शक्तिमा जिम्मेवारीविहिन

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ फागुन ।  नयाँ शक्ति पार्टी गठनदेखि नै सक्रिय रहेकी नायिका करिश्मा मानन्धर जिम्मेवारीविहिन भएकी छन् । शनिबार र आइतबार काठमाडौँमा बसेको महाधिवेशन आयोजक समितिले विभिन्न नेताहहरुको जिम्मेवारी बाँडफाँड मानन्धरलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।

पार्टीले संघीय महाधिवेशन आगामी वर्षको फागुन १०-१५ गर्ने निर्णय गरेको छ । नयाँ शक्तिले २०७५ साललाई महाधिवेशन वर्षको मनाउन निर्णय गर्दै भदौ र असोजमा स्थानीय तहको सम्मेलन, मंसिर र पुसमा प्रादेशिक अधिवेशन र फागुन १०–१५ मा संघीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले लुम्बिनी विस्तारित बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जनसहित राजनीतिक प्रतिवेदन पारित गरेको छ । बैठकले १७ सदस्यीय सचिवालय गठन गरेको छ । जसमा डा. बाबुराम भट्टराई, कल्पना धमला, केशव दाहाल, कृष्णकुमार चौधरी, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, डा. केशवमान शाक्य, दुर्गा सोव, देवीप्रसाद ओझा, नवराज सुवेदी, परशुराम खापुङ, राजेन्द्रकुमार किराँती, रामरिझन यादव, रुद्रबहादुर गुरुङ, सरुण बाठा मगर, हिसिला यमी छन् ।

नयाँ शक्तिले प्रादेशिक इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेको छ । प्रदेश नम्बर १ इन्चार्ज र संयोजकमा राजेन्द्रकुमार किराँती र देवराज भण्डारी, २ मा रामरिझन यादव र सुशील यादव, ३ मा गंगानारायण श्रेष्ठ र सोनामसिं स्याङतान, ४ मा रुद्रबहादुर गुरुङ र देवीप्रसाद सुवेदी, ५ मा नवराज सुवेदी र दानबहादुर चौधरी, कर्णाली प्रदेशमा सरुण बाठा मगर र रामबहादुर बोहरा, ७ मा कृष्णकुमार चौधरी र प्रकाशबहादुर साउद तथा प्रवासमा हिसिला यमी र धनबहादुर गुरुङ तोकिएको छ तोकिएको छ ।

नयाँ शक्तिले प्रशान्त सिंह र डम्बर खतिवडालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी राजु नेपालले पाएका छन् । परशुराम खापुङ संयोजक रहने गरी अनुगमन तथा मूल्यांकन विभाग, देवी ओझा संयोजक रहने गरी राजनीतिक संवाद तथा जनपरिचालन विभाग, केशव दाहालको संयोजकत्वमा उत्पादन तथा स्वरोजगार विभाग, डा. राजेन्द्र केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा स्रोत परिचालन विभाग, विश्वदीप पाण्डेको नेतृत्वमा सूचना तथा सञ्चार विभागलगायत १९ वटा विभाग गठन गरिएको नयाँ शक्तिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, अनुशासन तथा सदाचार आयोगको प्रमुख आयुक्तमा महेन्द्र श्रेष्ठ, निर्वाचन आयोगको प्रमुख आयुक्तमा कृष्णप्रसाद शर्मा र लेखापरीक्षण आयोगको प्रमुख आयुक्तमा वीकेमान सिंह नियुक्त भएका छन् ।

आंगिक संगठनको संयोजकको जिम्मा कल्पना धमला, सम्पर्क संयन्त्रको इन्चार्ज ईश्वर रिजाल र राष्ट्रिय मामिला संयन्त्रको जिम्मेवारी पञ्चलाल महर्जनलाई दिइएको छ । यसैगरी, चैत ५ गते प्रदेश १ र २ को संयुक्त भेला लहानमा, चैत ७ गते प्रदेश ३ र ४ को संयुक्त भेला चितवनमा र चैत १० गते प्रदेश ५, ६ (कर्णाली प्रदेश) र ७ को संयुक्त भेला नेपालगञ्जमा गर्ने निर्णय गरेको छ ।