१ कार्तिक २०८३, आइतबार

ओली र नेपाललाई योगेशको सुझाव–पार्टी हितलाई ख्याल गरेर जिम्मेवारी पूरा गर्नुहोला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yogesh-bhattariकाठमाडौँ, २६ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थायी समिति र पोलिट्व्युरो सहमतिमा चयन गर्न नेतृत्वलाई सुझाव दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत नेतृत्वलाई यस्तो सुझाव दिनुभएको हो ।

‘नेकपा एमालेको पदाधिकारी बैठकले स्थायी समिति र पोलिट्व्युरोमा सहमतिका साथ नाम चयन गर्न अध्यक्ष कमरेड केपी ओली र वरिष्ठ नेता कमरेड माधवकुमार नेपाललाई जिम्मेवारी दिएको छ,’ उहाँले फेसबुक वालमा लेख्नुभएको छ, ‘ उहाँहरुले यो काम सफलताका साथ सम्पन्न गर्नु हुनेछ । यसैमा एमालेको हित छ ।’