४ कार्तिक २०८३, बुधबार

पाँच नं. प्रदेशको प्रदेशस्तरीय गायन प्रतियोगिता दाङमा, दरखास्त आह्वान

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं । रेडियो नेपालले प्रदेश नम्बर ५ मा प्रदेशस्तरीय खुला आधुनिक संगीत प्रतियोगिताका लागि दरखास्त आह्वान गरेको छ ।

५ नं. प्रदेशस्तरीय गायक प्रतियोगिता चैत १० गते दाङस्थित रेडियो नेपालको कार्यालयमा हुनेछ । प्रतियोगिताका लागि दरखास्त आह्वान गरिएको संगीतकार एवम् प्रतियोगिताका संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए ।

हरेक वर्ष रेडियो नेपालको आफ्नो वार्षिकोत्सवका अवसरमा गायन प्रतियोगिता गर्दै आएको छ । रेडियो नेपालले ६८औँ वार्षिकोत्सवका अवसरमा पनि राष्ट्रिय खुला आधुनिक संगीत प्रतियोगिता सात वटै प्रदेशमा गर्न लागेको हो ।

चैतको १८ गते प्रदेशबाट छानिएर आउने गायक र गायिकाले रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा हुने अन्तिम प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।

प्रदेशमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः स्वर्ण, काश्य र रजत पदक प्रदान गरिनेछ ।

पाँच नं. प्रदेशको गायत प्रतियोगितामा भाग लिनका लागि फागुन २५ गतेभित्र दाङस्थित रेडियो नेपालको कार्यालयमा आवेदन दिन सूचना जारी भएको छ ।